युवतीमाथि एसिड प्रहार गर्ने दुईजना पक्राउ

सिधा मिडिया संवाददाता
    ९ श्रावण २०७७, शुक्रबार १८:१०  मा प्रकाशित
49 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौँको सीतापाइलामा एक युवतीमाथि एसिड आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौँको डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद छन् ।

    उनीहरुलाई बिहीबार राति ११ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहीबार साँझ सीतापाइलामा ओखलढुंगाकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार गरी उनिहरु फरार भएका थिए । युवतिको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ ।

    साँझको समयमा दही किन्न निस्किएकी युवतिमाथि एसिड प्रहार भएको हो । उहाँ आफन्तसँग बस्दै आउनुभएको थियो । पीडित युवति राजधानीको हायात होटलमा अकाउन्ट सेक्सनमा काम गरिरहेको र लकडाउनपछि कोठामै बसिरहेको जनाइएको छ । एसिडले युवतीको अनुहार र हात जलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस