छत्रेश्वारी गाउपालिकाले खन्यो असार मसान्तमा भ्याइ नभ्याइ बाटो, ग्राभेल नगर्दा हिले जात्रा - सिधा मिडिया





छत्रेश्वारी गाउपालिकाले खन्यो असार मसान्तमा भ्याइ नभ्याइ बाटो, ग्राभेल नगर्दा हिले जात्रा

    १३ श्रावण २०७७, मंगलवार १५:२४  मा प्रकाशित
228 जनाले पढ़िसके








सल्यान छत्रेश्वारी गाउपालिका वडा न.३ पालेखोलामा असार मसान्तमा बिकास गर्ने भन्दै खनिएको बाटो लगातारको झरी सङ्गै हिलाम्मे बनेको छ।

डबल कटिङ भन्दै दश मिटरको बाटो खनिएको हो।
बाटोमा ग्राभेल नगर्दा अत्यावश्यक सवारीसाधन चलाउन त के स्थानीय सर्बसाधारणलाई पैदल आवत जावत गर्न समेत कठिन भएको छ।

गाउपालिकाले समयमा बाटो निर्माण गरेर ग्राभेल गरेको भए यो गाइजात्रे बाटो देख्नु नपर्ने गुनासो स्थानिय बासिले गरेका छन।
देश भर नै बर्षातको समयमा योजनाको रकम सिध्याउन भन्दै गरिने यस्तो किसिमको बिकासले राज्यको सम्पती बालुवामा पानी खन्याए झै गरि चौतर्फी चरम दुरुपयोग भएको कुरा सहजै आकलन गर्न सकिन्छ।
स्रोत:राज क्षेत्री सल्यान

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस