सीटीईभीटीको परीक्षा भदौ दोस्रो साता - सिधा मिडिया






सीटीईभीटीको परीक्षा भदौ दोस्रो साता

    १३ श्रावण २०७७, मंगलवार २०:४७  मा प्रकाशित
246 जनाले पढ़िसके









काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सीटीईभीटी)ले लकडाउनका कारण स्थगित परीक्षा भदौ दोस्रो साताबाट सुरु गर्ने भएको छ । सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको सीटीईभीटीद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।

परीक्षाको विस्तृत तालिका भने केही दिनपछि मात्रै प्रकाशित हुने जनाइएको छ । सरकारले कोभिड–१९ महामारीका कारण गत चैत ६ गतेदेखि सम्पूर्ण परीक्षा स्थगित गरेको थियो ।

सरकारले भदौ महिनादेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि आफूहरूले परीक्षाको तयारी गरेको सीटीईभीटीले जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस