बलिउडका अर्का चर्चित अभिनेता समीर शर्माले पनि गरे देह त्याग ! - सिधा मिडिया





बलिउडका अर्का चर्चित अभिनेता समीर शर्माले पनि गरे देह त्याग !

    २२ श्रावण २०७७, बिहीबार १६:११  मा प्रकाशित
558 जनाले पढ़िसके








काठमाडौं । कोरोना कहरक बीच बलिउडका कलाकारहरुले एक पछि अर्काले देह त्याग गरेका घटना सार्वजनिक भइरहेका छन् । बलिउड र सानो स्क्रिन स्टारहरूको देह त्यागको निरन्तरता जारी छ। टिभी अभिनेता समीर शर्माले पनि देह त्याग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले मुम्बईको आफ्नै घरमा देह त्याग गरेका हुन् । समीर शर्माले ‘कहानी घर-घर की’ सीरियलमा काम गरेका थिए । मलाड पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ ।

४४ वर्षीय समीर शर्माको मालाड पश्चिमको नेहा सीएचएस भवनमा झु’ण्डि’एको अवस्थामा शव फेला परेको हो । पुलिसका अनुसार २ दिन अघि अभिनेताले देह त्याग गरेका हुन् । प्रहरी उनको घर भित्र पस्दा शव ग’ल्न लागिसकेको जनाएको छ । मलाड पुलिसका अनुसार समीरले यो बर्ष फेब्रुअरीमा यो अपार्टमेन्ट भाडामा लिएका थिए।

बुधवार राती ड्युटीमा रहेका चौकीदारले समीर शर्माको शव झु’ण्डि’एको देखे पछि प्रहरीलाई खबर गरेका थिए । समीरको शरीर भान्छाको फ्यानमा झु’ण्डि’एको अवस्थामा फेला परेको हो । पुलिसले अहिले सम्म कुनै नोट प्राप्त गरेको छैन। प्रहरीले घरको सबै अनुसन्धान थालेको जनाएको छ । उनले आर्थिक कारणले यस्तो निर्णय लिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

समीर शर्मा धेरै टेलिभिजन कार्यक्रमहरूमा काम गर्थे। ती मध्य घर घर की कहानी पनि एक हो । समीरको डेब्यू फिल्म ‘लाफ टू अटका’ थियो। उनी इत्तेफाक फिल्ममा पनि देखिएका थिए । समीरले धेरै विज्ञापन र मोडेलिंग असाइनमेन्टमा काम गरेका छन् । उनी दिल्ली निवासी हुन् । पढाइ सिध्याएपछि उनी त्यहाँ सरेका हुन् । उनले त्यहाँको विज्ञापन एजेन्सीमा काम गरे । त्यसपछि उनले मुम्बईमा अभिनय गर्ने सपना अनुसार काम सुरु गरेका थिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस