पूर्ण लकडाउन हुदैन, त्रसित नहुन सरकारको आग्रह - सिधा मिडिया





पूर्ण लकडाउन हुदैन, त्रसित नहुन सरकारको आग्रह

    २२ श्रावण २०७७, बिहीबार २१:४५  मा प्रकाशित
655 जनाले पढ़िसके








सरकारले पुनः पूर्ण लकडाउन नगर्ने भएको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यस्तो बताउनु भएको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता खतिवडाले पूर्ण लकडाउनको विषयमा सरकारले नसोचेको प्रष्ट पार्नु भएको हो ।

‘चैत ११ गतेको जस्तो लकडाउनको बारेमा सरकारले केही पनि सोचेको छैन’, प्रवक्ता खतिवडाले भन्नुभयो, ‘पूर्ण लकडाउन हुन्छ की भनेर त्रस्त हुनुपर्ने अवस्था छैन। शरीर सुरक्षित राखेसँगै पेट पनि पाल्नु पर्ने अवस्था छ।’

मन्त्री खतिवडाले विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमको अवस्थालाई हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले लकडाउनको विषयमा निर्णय लिनेसमेत प्रष्ट पार्नुभयो ।

‘कोभिडका कारण लकडाउन गरिरहँदा अरु रोगले नागरिकको मृत्यु नहोस् भन्ने विषयमा सरकार गम्भीर छ’, मन्त्री खतिवडाले भन्नुभयो ।

खतिवडाका अनुसार कोरोना संक्रमणको जोखिम नभएका ठाउँमा खुकुलो पार्ने र संक्रमण बढ्दै गएका ठाउँमा लकडाउनलाई कडा बनाउने तयारी सरकारले गरेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस