काठमाडौं । महिला संगीतकारको छबि बनाउन सफल हुन् रेखा पौडेल । उनी संगीतमा मात्र सिमित रहेकी छैनन् । उनको स्वर पनि मिठो छ ।
उनको संगीमा रहेको गीतहरु मात्र नभई स्वरमा रहेका गीतहरु पनि लोकप्रिय नै छन् । उनै रेखा पौडेलले आफ्नै स्वर तथा संगीत भरेर एक तीज गीत सार्वजनिक गरेकी छन् ।
पौडेलले ‘नाचौंन नाचौंन’ वोलको तीज गीत सार्वजनिक गरेकी हुन् । गीतमा चर्चित गीतकार डा कृष्णहरी बरालको शब्द रहेको छ ।
‘नाचौंन नाचौंन’ वोलको तीज गीतलाई अर्का चर्चित संगीत संयोजक कमल सौरागको संयोजन गरेका छन् । मारुनी डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
निर्देशक ओम श्रेष्ठको निर्देशनमा गीतको म्युजिक भिडियो तय भएको छ । जसमा कोरियोग्राफी निर्देशक ओम श्रेष्ठ स्वंयम, छायांकन सन्तोष तिमिल्सिनाको रहेको छ ।
भिडियोमा रुपमा नितु कोईराला, सुशिला थापा एवं गीतकार तथा गायिका रेखा पौडेलको नृत्य तथा अभिनय रहेको छ । प्रकाश एसकेको सम्पादन रहेको नाचौंन नाचौंन’ गीतलाई रेखा पौडेल नामको अफिसिएल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
पौडेल भन्छिन्, ‘पछिल्लो समय तीजको नाममा निकै छाडा गीतहरु सार्वजनिक भईरहेको छ । तर आफूले भने निकै मौलिक गीत दर्शक तथा स्रोतामाझ ल्याएको नागरिक लाइभलाई बताईन ।’
पौडेलले थपिन्, ‘गीतका सबै पाटोहरु निकै उत्कृष्ट रहेको जस्तो मलाई लागेको छ । कुनै पनि मिसावट छैन तीज पर्व झल्काउने गीत बनेको छ ।’
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस