कोरोना संक्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो ड्यामेज ,कोरोनाबाट निको हुने व्यक्ति पनि ठुलो ख’तरामा

    २३ श्रावण २०७७, शुक्रबार १०:३८  मा प्रकाशित
350 जनाले पढ़िसके








सबैभन्दा पहिले चीनमा सुरु भएको भाइरसको त्यहाँ नियन्त्रणमा समेत आइसकेको छ । यद्यपी चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो ड्यामेज भएको अध्ययन सार्वजनिक भएको छ। संक्रमण भएर निको भएकाहरुको स्वास्थ्य अवस्थामाथि अनुसन्धान गरिरहेको वुहान विश्वविद्यालय अन्र्तगतको झोंगनान अस्पतालका निर्देशक पेंग जियोंगको टोलीले गरेको नमुना अनुसन्धानमा यस्तो देखिएको हो।त्यस्तै निको भएका ५ प्रतिशत सं’क्रमितमा फेरि कोरोना सं’क्रमण देखिएपछि उनीहरुलाई क्वारेन्टिनमा राखिएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

बुधबार सार्व’जनिक भएको अनुसन्धान अध्ययनले औसत उमेर ५९ वर्ष रहेका ९० प्रतिशतको फोक्सोमा रहेका प्वालहरुले श्वासप्र श्वासका क्रममा अझैं पनि सामान्य मानिसको जसरी काम गर्न असम्भव पाइएको हो।५ प्रतिशत मानिसको परीक्षण फेरि पोजेटिभ पाइएपछि उनीहरुलाई क्वारेन्टिमा राखिएको छ। यद्यपि उनीहरुमा फेरि संक्रमण भएको हो या हैन् भन्ने कुरा भने स्प’ष्ट छैन्।उनीहरुले गत अप्रिलबाट संक्रमण निको भएका केही मानिसहरुमाथि अनुसन्धान थालेका थिए।



त्यसअनुसार तीमध्ये ९० प्रतिशत मानिसको फोक्सो अझैं पनि निको नभइसकेको देखिएको हो, भने ५ प्रतिशत मानिसमा फेरि संक्रमण देखिएको छ।नमुना अध्ययनका लागि संक्रमित भएका एक सय जनाछनाेट गरेका थिए, ती एकसय जनाहरूमाथिकाे अध्ययनले यस्ताे नतिजा सार्वजनिक भएकाे हाे । एजेन्सी ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस