यामाहाका ७ स्टाफलाई कोरोना संक्रमण

सिधा मिडिया संवाददाता
    २३ श्रावण २०७७, शुक्रबार १५:१०  मा प्रकाशित
117 जनाले पढ़िसके

प्रतिक्रिया




    यामाहा, (मोरेङ अटाे वर्क्स्) काठमाडौँको टेकु साखाका ७ जना स्टाफलाई कोरोना संक्रमण भएको छ । त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजका ७ जना स्टाफलाई काेराेना संक्रमण भएकाे नाम नभन्ने सर्तमा एक जना स्टाफले बताए ।

    स्रोतका अनुसार त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजमा काम गर्ने ती कर्मचारीहरूकाे काठमाडौं प्रयोगशालामा सकरात्मक परीक्षणमा उनिहरूकाे काेराेना पाेजीटीभ देखिएकाे हाे । ती संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा राखिएको बताइएको छ ।

    स्वास्थ्य अधिकारी तथा जनसंख्या मन्त्रालयका एक स्रोतका अनुसार स्वास्थ्य अधिकारीहरूले संक्रमित एमएडब्ल्यू स्टाफको सम्पर्कमा आएका अन्य व्यक्तिहरूको खोजी अघि बढाइसकेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस