काठमाडौं । भारतको केरलामा १९१ यात्रु सवार विमान दुर्घटना भएको छ। दुबईबाट यात्रु लिएर आएको एयर ईण्डिया एक्सप्रेसको बोईंग–७३७ विमान केरलाको कालीकटमा दुर्घटना भएको बीबीसीले जनाएको छ।
विमानमा चालकदलका सदस्य सहित १९१ जना यात्रु सवार थिए। उक्त विमान कारीपुर एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा रनवेमा चिप्लिएर अगाडी गएको छ। विमानमा क्षती पुगेको छ तर यसमा आगलागी भने नभएको बताइएको छ।
उद्धारको काम जारी रहेको छ र हताहतको जानकारी बाहिर आएको छैन।
Kerala: An Air India Express plane skidded during landing at Karipur Airport, Kozhikode. More details awaited. pic.twitter.com/TxrQEzxPDV
— ANI (@ANI) August 7, 2020
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस