कोटश्वरमा १७ जनालाई कोरोना संक्रमण, असर्फी टोल सिल

    २६ श्रावण २०७७, सोमबार २०:३९  मा प्रकाशित
287 जनाले पढ़िसके








काठमाडौं : काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको असर्फी टोलमा कोरोना संक्रमित बढेपछि टोल सिल गरिएको छ। साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो।

आइतबार १३ जनामा कोरोना भेटिएको वडा सदस्य हिरादेवी पोखरेल जानकारी दिइन। उनका अनुसार संक्रमित मध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ। अन्य तीन जनालाई भने घरमै आइसोलसनमा राखिएको छ। कोरोना देखिएका अधिकांश कोठा भाडामा लिएर बस्नेहरू हुन्। उनीहरु किराना पसलमा समान किन्न जाने ग्राहक हुन्।



© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस