एभरेष्ट बैंक लाजिम्पाटका दुई कर्मचारीमा कोरोना संक्रमण

सिधा मिडिया संवाददाता
    २६ श्रावण २०७७, सोमबार २१:४४  मा प्रकाशित
127 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाण्डौ । एभरेष्ट बैंकको काठमाण्डौस्थित लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयका २ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कामकाज ब’न्द भएको छ । एभरेष्ट बैंकको मुख्य कार्यालयबाट प्र’वाह हुने कामकाज दुई दिनका लागि ब’न्द गरिएको बैंकले एक सू’चनामार्फत जानकारी गराएको छ । त्यहाँ कार्यरत सबै कर्मचारीहरुको गत शुक्रबार पीसीआर परीक्षण गरिएको थियो । त्यसको नतिजा आइतबार आएको हो । जसमा २ कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका कर्मचारीहरु होम आइसोलेसनमा रहेका बैंकले जनाएको छ ।

    आफ्ना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बैंकले २ दिनका लागि कार्यालयको कामकाज ब’न्द हुने जनाएको छ । बैंक स्रोतका अनुसार लेखा शाखामा कार्यरत कर्मचारी र बैंकका नायव महाप्रबन्धकको गाडी कु’दाउने चालकलाई संक्रमण देखिएको हो ।एभरेष्ट बैंकको केन्द्रीय कार्यालय बुधबार मात्र खुल्ने त्यहाँ कार्यरत कर्मचारीले बताएका छन् । यसअघि यो बैंकको वीरगञ्ज, कपिलवस्तु लगायतका शाखाका कर्मचारीहरुलाई समेत कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय बैंकका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिने क्रम ब’ढेर गएको छ ।

    धेरै भीडभाड हुने क्षेत्र बैंक पनि भएकोले फ्र’न्टलाइनमा रहेर ग्राहकको सेवा गर्ने बैंक कर्मचारी अझ धेरै जो’खिममा छन् । बैंकका कर्मचारीहरुमा भ’टाभट कोरोना संक्रमण पुष्टि हुन थालेपछि नेपाल राष्ट्रबैंकले आइतबार एक स’र्कुलर जारी गरी सकेसम्म घरैबाट काम गर्ने वातावरण बनाउन भनेको छ । यस्तै, कार्यालयमा आएर काम गर्दा समेत आलोपालो सि’स्टम लागू गर्न र क’म भी’डभाड हुने उपायहरु अ’बलम्बन गर्न भनिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस