सुटकेसमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीद्वारा पुष्टि - सिधा मिडिया






सुटकेसमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीद्वारा पुष्टि

    २६ श्रावण २०७७, सोमबार २२:१५  मा प्रकाशित
328 जनाले पढ़िसके









काठमाडौँ — शनिबार राजधानीको गोंगबुमा टाउको काटिएको अवस्थामा सुटकेसभित्र भेटिएको शवको सनाखत भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार हत्या गरिएका व्यक्ति दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।

रोल्पा स्थायी घर भएका उनी केही समयअघि दाङ बसाइ सरेका र हाल काठमाडौंको नयाँ बजार क्षेत्रमा एक कारखानामा कार्यरत रहेको प्रहरीले बताएको छ । पहिचान खुल्न नसकेपछि प्रहरीले उनको तस्बिर र हुलिया आइतबार सार्वजनिक गरेको थियो । तस्बिर सार्वजनिक गरेपछि कारखाना वरपरका व्यक्तिहरु सम्पर्कमा आएको र उनीहरुले सनाखत गरेको प्रहरीले बताएको छ ।

शनिबार बिहानै प्रहरीले टाउको काटेको अवस्थामा उनको शव सुटकेसमा फेला पारेको थियो भने टाउको केही पर अर्को झोलामा भेटिएको थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस