दहीमा औषधि हालेर बेहोस पारिन्, हथौडाले अण्डकोष फुटाइन्, घाँटी छिनाइन्

सिधा मिडिया संवाददाता
    २७ श्रावण २०७७, मंगलवार १३:४८  मा प्रकाशित
1428 जनाले पढ़िसके

प्रतिक्रिया





    काठमाडौं । आइतबार बिहानै गोंगबु क्षेत्रमा सुटकेसभित्र हात खुट्टा काटिएको अवस्थामा टाउको बिनाको शरीर मात्रै फेला पर्यो । सुटकेस खोलेर हेर्दा घटना आलै जस्तो देखिएपनि शवको टाउको भने फेला नपरेपछि प्रहरीलाई अनुसन्धान गर्न कठिन भयो ।

    शरीर भेटिएको केही समयपछि एक सय मिटर टाढा टाउको भेटिएको थियो । टाउको भेटिएपछि भने प्रहरीलाई सनाखत गर्न र अनुसन्धान गर्न सहज भयो ।

    सोमबार बिहान शव सनाखत भएसँगै प्रहरीले हत्या भएको घर पत्ता लगायो र त्यसको केही मिनेटमै प्रहरीले चितवनबाट आफूलाई कल्पना शाही, कमला पौडेल र कल्पना मुडवरी गरी तीन वटा नामले चिनाउने कल्पना मुडवरीलाई पक्राउ गर्यो ।

    महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चितवन प्रहरीको सहयोगमा साँझ कल्पनालाई पक्राउ गरेपछि मात्रै दाङका पुरुष कृष्णबहादुर बोहोराको हत्या उनै कल्पनाले गरेकी हुन भनेर यकिन भयो । तर यति क्रुर हत्यामा उनी कसरी संलग्न भइन ? प्रहरीले उनलाई मात्र विश्वास गर्ने आधार थिएन ।

    उनी बाहेक अन्य कोही व्यक्तिको पनि संलग्नता पनि छ कि भनेर खोजी गर्यो तर उनले आफूलाई फेसबुक आइडी बनाएर अश्लील फोटो पठाउने र अनेक दुःख दिने गरेका कारण कोठामा बोलाई दहीमा स्लिपिङ ट्याब्लेट राखेर खुवाई बेहोस बनाएपछि हथौडाले अण्डोकोषमा हानेर हत्या गरेको बयान दिइन ।

    हथौडाले अण्डकोषमा हानेर हत्या गरेपछि सुरुमा हात खुट्टा काटेको र त्यसपछि टाउको काटेर शव नजिकै लगेर फ्याँकेको बयान दिएकी छिन् । प्रहरीका अनुसार सुरुमा उनले दही खुवाएकी थिइन् ।

    दहीमा ५ वटा स्लिपिङ ट्यालेट राखेर खुवाएकी थिइन । त्यसपछि बियर खुवाएको र बियरमा पनि सोही औषधि खुवाएपछि बोहोरा बेहोस भए । त्यसपछि घाँटीमा समातेर अण्डाकोषमा प्रहार गरेकी थिइन ।

    हत्यापछि शव लुकाउनलाई उनले टाउको र शरीर टुक्रा पारेकी थिइन् । शव व्यवस्थापनका लागि टाउको र खुट्टा काटेर झोलामा हालेर फ्याँकेको बयान दिएकी छिन् ।

    ‘दहीमा औषधि हालेर बेहोस बनाएको र त्यसपछि हथौडा लगायतका धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ’, महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख श्यामलाल ज्ञावालीले भने ।

    उनका अनुसार हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखेको, टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर नाम्लोमा बोकेर बाहिर लगेको र त्यसमा आफ्नी छोरीले सहयोग गरेको बताएकी छिन् ।

    त्यसपछि कोठामा आएर टाउको र खुट्टा भएको प्लास्टिक बोकेर बाहिर गएको र त्यहाँबाट चितवनमा रहेका भिनाजुलाई बोलाएर एम्बुलेन्स चढेर माइत गएकी थिइन् ।

    महानगरीय प्रहरी अपराध महाशाखाले चितवनबाट काठमाडौ ल्याएपछि उनलाई आज महानगरीय प्रहरी परिसर काठमाडौमा सार्वजनिक गरिएको छ । बोहोराको हत्यापछि उनले चितवनमा रहेका एम्बुलेन्स चालक भिनाजुलाई बोलाएर चितवन भागेकी हुन् ।

    ३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको भिनाजु एम्बुलेन्स लिएर काठमाडौ आएको प्रहरीले दावी गरेको छ । घटनाको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त अनुसन्धान गरेका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस