रुसपछि चीनले पनि बनायो कोरोनाको खोप - सिधा मिडिया





रुसपछि चीनले पनि बनायो कोरोनाको खोप

    २७ श्रावण २०७७, मंगलवार १६:३६  मा प्रकाशित
910 जनाले पढ़िसके








चीनले आफ्ना सैनिकलाई कोरोना खोप लगाउन शूरु गरेको छ । पिपुल्स लिबरेसन आर्मीको संलग्नमा विकसित चिनियाँ खोप ब्यापक स्तरमा सैनिकहरुलाई लगाउन थालिएको हो ।

चीनको यो खोपको तेस्रो चरणमा परीक्षण भइरहेको हो । यसको नतिजा आउन अघि नै चीनले सैनिकहरुलाई खोप दिन थालेको बताइएको छ । चीनमा नागरिक र सेनाका लागि बनाइएका प्रविधि एक अर्काका लागि प्रयोग हुनु सामान्य भएको फाइनेन्सियल टाइम्स अखबारले जनाएको छ । यो अभ्यास राष्ट्रपति सी जिनपिंगको समयमा अझ बढेको छ । सी जिनपिंगले सेना र नागरिकको गठबन्धनको अभियान चलाइरहेको छ र कोरोना भाइरसले यसलाई बढा दिएको छ ।

क्यानबेरामा चिनियाँ पोलिसी सेन्टरका डाइरेक्टर एडम नीले चिनियाँ सेना भित्र जैविक तथा संक्रामक रोगसँग लड्ने क्षमता रहेको र चिनियाँ नेता यसको पुरा फाइदा उठाइरहेको बताए ।

क्यानसिनोको यो विश्वकै पहिलो कोरोना भाइरस विरुद्धको खोप चिनियाँ सेनासँग मिलेर बनाएको एडमले बताए । क्यानसिनोले आफनो परीक्षण र खोप बनाउने क्षमताका कारण प्रतिस्पर्धी अमेरिकाको मोडर्ना, फिजर क्योरक्याक र अस्ट्राजेनेकालाई धरै पछाडी छोडेको छ । चिनियाँ सेनाको मेडिकल साइन्सकी प्रमुख चेन वेइले क्यानसीनोको यो खोप बनाउनमा मुख्य भुमिका निर्वाह गरेकी हुन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस