काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । मंगलबार घिमिरेलाई कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक कर्मचारीले रातोपाटीलाई जानकारी दिए । उनी संक्रमण देखिएका पहिलो उच्च अधिकारी हुन् । हालसम्म अख्तियारमा प्रमुख आयुक्त घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । अख्तियारका ३ सय ५० जनाको स्वाब परीक्षणका लागि पठाइए पनि उनीहरूको रिपोर्ट आउन बाँकी छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस