काठमाडौं। विश्वकै पहिलो कोरोनाभाइरस भ्याक्सिनले आधिकारिक रुपमा स्वीकृति पाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार विश्वकै पहिलो सफल कोरोना भ्याक्सिन भएको दावी गर्दै यसलाई प्रयोगकालागि स्वीकृति दिएको घोषणा गरका हुन् ।घोषणा कार्यक्रममा पुटिनले आफ्नी छोरीले पनि यो भ्याक्सिन लगाएको जानकारी दिए । पुटिनका अनुसार उनकी छोरीलाई कोरोनाभाइरस संक्रमण भएको थियो त्यसैले उनलाई यो भ्याक्सिन दिइयो । केही समयको लागि उनको शरीरको तापक्रम बढ्यो तर अब उनी ठिक छिन् ।
समाचार एजेन्सी एएफपीका अनुसार यो भ्याक्सिनलाई रुसको गेमालेया इन्स्टिच्युटले बनाएको हो । मंगलबार रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिन सफल भएको प्रमाणीकरण गरेको छ । यसलगत्तै राष्ट्रपति भ्लादिमिर पुटिनले यो भ्याक्सिनको उत्पादन छिटै सुरु गरिने ठूलो संख्यामा भ्याक्सिनको डोज बनाइने घोषणा गरे ।
#BREAKING Russia has developed 'first' coronavirus vaccine: Putin pic.twitter.com/s33LTMO0j0
— AFP news agency (@AFP) August 11, 2020
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस