स्याङ्जा – स्याङ्जा चापाकोट नेकपा नगरकमिटीका सचिव राजु कोइरालालाई नियोजित रुपमा राजनीतिक प्रतिशोधका लागि विपक्ष पाटीमा आस्था राख्ने केहि अराजक युवाको जमातले फेसबुक पोष्ट र सामाजिक सञ्जालको माध्यम बाट मानहानि र चरित्र हत्या हुने गरि केहि दिन यता झुटो आरोप लगाउने कार्य जारि रहेको छ।
नगरकमिटीका सचिवले आफु माथि नियोजित रूपमा विपक्ष पाटीमा कलम चलाउने केहि मिडिया र चापाकोट नगरपालिकाको भलो नचाहने अराजक तत्वले, हुदै नभएको कुरालाई बलात्कारको घटना बनाएर अफवा फैल्याएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
बुधवार एक विज्ञप्ति जारी गर्दै स्याङ्जा चापाकोट नेकपा र कोइरालाले भनेका छन्, ‘घट्दै नघटेको घटनालाई लिएर व्यक्ति र पार्टी राजनीतिलाई धोस्त पार्ने उद्देश्यका साथ विपक्ष पाटीमा रहेका समाजको भलो नचाने अराजक ब्यक्तिहरुले चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक संजालबाट सोच्न समेत नसकिने काल्पनिक फिल्मी घटना निर्माण गर्ने काम भएको हो, कोइरालाले भनेका छन् ।’
यस घटनालाई लिएर नेकपा नगरकमिटीका सचिवको मात्रै नभइ आफ्नो पनि झुटो आरोप, चरित्र हत्या र गलत तरिकाले दलित महिला, यस्तै आस्य लेखेर केहि मिडिया र केहि ब्यक्तिले फेसबुकमा जातियताको रुप दिएर आफ्नो राम्रो छबिमा धावा बोलेकोमा सामाजिक सञ्जालबाट पिडित बनाइएकी उक्त महिलाले दुःख ब्यक्त गरेकि छन् । यस बनावटी सामाजिक संजालबाट काल्पनिक घटना निर्माण गरेर पीडित बनाइएको उक्त पिडित महिलाको भनाई छ ।
यस घटनालाई लिएर कुनै ब्यक्तिले पिडित भएको भन्दै सम्बन्धित कुनै पनि निकायमा उजुरी दर्ता नभएको प्रशासन बाट बुझ्न सकिन्छ ।
यस्तै विपक्ष पाटीमा आस्था राख्ने फिल्मी सैलिमा यस घटना बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका ति युवाहरुले अहिले घटना गलत र प्रमाण बिनाको भएको देखेपछी धमाधम फेसबुक पोष्ट हटाएको देख्न सकिन्छ । हामिले पनि फेसबुकमा पोष्ट गर्नेहरुको पोष्ट खोज्दा गर्नैले हटाएको पायौ । यसबाट पनि थाहाँ हुन्छ की घटना गलत र हल्ला मात्रै रहेछ, भनेर सजिलै बुझ्न सकिन्छ ।
स्याङ्जा चापाकोट नेकपाका केहि नेताले भनेका छन् प्रमाण बिनाको यस्तो गलत हल्लाले नेकपा चापाकोट कति पनि बिच्लित हुने छैन् । सामाजिक सञ्जालमा नगरकमिटीका सचिवको चरित्र हत्या गर्नेहरु अहिले सम्म “कुन दुलोमा लुकेर बसेका छन्”, किन प्रमाण दिन सक्दैन्न । चापाकोट नगरपालिकाको जनताले बुझेका छन् र यस्तो कुनै पनि प्रमाण तथा तथ्य बिनाको बलात्कारको घटना भएको हो भनेर झुटो आरोप लगाउनेलाई प्रमाण लिएर आउन भनेका छन् ।
बुधवार एक विज्ञप्ति जारी गर्दै स्याङ्जा चापाकोट नेकपा
बुधवार एक विज्ञप्ति जारी गर्दै स्याङ्जा चापाकोट नेकपा
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस