सिन्धुपाल्चोकमा पहिरोले २१ घर पुरिए, ठूलो मानवीय क्षतिको आशंका - सिधा मिडिया





सिन्धुपाल्चोकमा पहिरोले २१ घर पुरिए, ठूलो मानवीय क्षतिको आशंका

    ३० श्रावण २०७७, शुक्रबार १४:०५  मा प्रकाशित
261 जनाले पढ़िसके








काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरोले २१ घर पुरिएको छ। आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छ। ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका छ, वडा अध्यक्ष प्रताप लामाले भने, अहिले नै यति पुरिए भन्न सकिने अवस्था छैन, खोजी र उद्दार जारी छ।’ उनले खोजी र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर माग गरिएको बताए। लिदिमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए। ती ठाउँका घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको अध्यक्ष लामाले बताए। यस्तै प्रहरी टोली घटनास्थल जाँदै गरेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता माधव काफ्लेले जानकारी दिए। उनका अनुसार के कति क्षति भयो भन्ने बारेमा प्रहरी घटनास्थल पुगेपछि थाहा हुने उनले जनाए। यसबारे थप विवरण आउन बाँकी रहेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस