मुख्यसचिबले सिलन्यास गरेको पक्कीपुल निर्माणब्यबसायी महादेव खिम्तीले चापाकोटको गहना लुटिदिए - सिधा मिडिया





मुख्यसचिबले सिलन्यास गरेको पक्कीपुल निर्माणब्यबसायी महादेव खिम्तीले चापाकोटको गहना लुटिदिए

निर्माण सामाग्रीले गुठिको मौलिकता,एतिहासिकता र धार्मिक स्वरुप कुरुप बनायो
    ३१ श्रावण २०७७, शनिबार २१:४२  मा प्रकाशित
572 जनाले पढ़िसके








स्याङ्जा – चापाकोट १० को जोगि कुटिमा बस्ने एकजना योगि जस्ले बिहान बेलुकी मुठी मुठी भिक्षा मागेर आफ्नो गुजारा चलाउथे।उन्ले जिबनभर अथक मेहनत र परिश्रम गरेर करिब एक बिघा जमिनमा सुन्दर फुलबारी निर्माण गरे।अनेकन फलफुल रोपे त्यसको संरक्षक गर्न आफैले आधा रातमा कालिनदिको ढुङ्गा बोकेर पर्खाल लगाए।आँप,कटहर,अम्बा,भुइकटहर र रुद्राक्ष जस्ता अनेकन फलफुल रहेको जोगि कुटिका नामले प्रसिद्ध बगैंचा निर्माण गरे।

भनिन्छ योगि मरेर गए तर उनको जिबनभरको परिश्रमको फल दुनियाँलाइ कालान्तर सम्म चखाइरहे।
आज त्यो जोगि कुटिमा उन्को सम्झनामा मन्दिर निर्माण पनि गरिएको छ र स्वयम योगिको मुर्ति समेत स्थापित गरिएको छ।तर बिडम्बना भन्नु पर्छ अहिले महादेव खिम्ती नामक निर्माण ब्यबसायीले उक्त योगि कुटिलाइ ध्वस्त बनाएको छ।
निर्माणमा आबस्यक सामाग्री राख्ने,गिट्टी बालुवा स्टक राख्ने मात्रै नभएर कामदार (लेबर) बस्ने अस्थायी टहरा समेत उक्त जोगि कुटि भित्र निर्माण गरिएको छ।दर्जनौ फलफुलका रुख बिरुवा फडानी गरिएको छ।समग्रमा भन्दा योगि जि को जोगि कुटि कुरुप पारिएको छ।

स्याङ्जा चापाकोट १०आधिघाट देखि पाल्पा रामपुर १० बर्दले जोड्ने पक्की पुल निर्माण गर्ने भन्दै बर्तमान मुख्य सचीव लोकदर्शन रेग्मिले उक्त पुलको सिलन्यास गरेका थिए।

त्यही पक्की पुल निर्माण ब्यबसायी महादेव खिम्ती भने आफुलाइ पाएक पर्ने र निसुल्क रुपमा मनपरि निर्माण सामाग्री राख्न पाएकोमा खुसी छ र उक्त गुठिको मौलिकता,एतिहासिकता र धार्मिक महत्वलाई खरानी पार्न कम्मर कसेर लागि रहेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस