रसियामा तयार भयो कोरोना विरुद्धको खोपको पहिलो खेप - सिधा मिडिया





रसियामा तयार भयो कोरोना विरुद्धको खोपको पहिलो खेप

    ३२ श्रावण २०७७, आईतवार १३:०१  मा प्रकाशित
359 जनाले पढ़िसके








काठमाण्डौ – रुसले आफ्नो देशमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको पहिलो खेप तयार भएको जनाएको छ ।

यो खोप यसै महिनाको अन्त्यसम्म बजारमा जाने रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजोमात्रै खोप उत्पादन सुरु भइसकेको बताएको रुसले त्यसको केही समयमै खोपको पहिलो खेप तयार भएको बताएको हो ।

यद्यपी खोपलाई भर्खरै तेस्रो चरणको परीक्षणका लागि स्वीकृति दिइएको छ । यस चरणमा हजारौं मानिसमा परीक्षण गरिने भएकाले खोप उत्पादनको लागि यो चरणलाई महत्वपूर्ण मान्ने गरिएको छ । रुसले खोपलाई ‘स्पुतनिक ५’ नाम दिइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो खोप सुरक्षित रहेको दाबी गर्नुभएको छ । उहाँले खोप आफ्नी छोरीलाई दिइएको र खोप लगाएपछि सञ्चो भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार यो खोप विकास गर्ने गामेलिया इन्स्टिच्युटले आउँदो डिसेम्बर-जनवरीसम्म प्रति महिना ५० लाख डोज खोप उत्पादन गर्न सक्ने दाबी गरेको छ ।

रुसले गरेको खोपको तीव्र विकासप्रति अन्य देशले भने आशंका व्यक्त गरेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस