स्याङजाको चापाकोटमा कृषि विकास बैकका दुई सुरक्षागाड कुटेर लालबहादुर र धनराज फरार

सिधा मिडिया संवाददाता
    २ भाद्र २०७७, मंगलवार १६:४८  मा प्रकाशित
1666 जनाले पढ़िसके

प्रतिक्रिया





    स्याङजा – स्याङजाको चापाकोटमा कृषि विकास बैकका दुई सुरक्षागाड कुटिएका छन् । स्याङजाको चापाकोट नगरपालिकामा रहेका कृषि विकास बैकमा कार्यरत दुई सुरक्षागाडहरु कुटीएका हुन् ।

    चापाकोटमा रहेको कृषि विकास बैकमा कार्यरत सुरक्षाकर्मीहरु डोलराज श्रेष्ठ र बेदप्रसाद श्रेष्ठलाई स्थानीय युवाहरु लालबहादुर थापा र धनराज पौडेलले कुटपिट गरेका हुन् । कुटपिट गर्ने लालबहादुर थापा र धनराज पौडेल फरार रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।

    लाल कन्ट्रक्सनको धनराज पौडेलको नाममा रहेको चेक साट्न जादा कृषि विकास बैकमा नेपाल सरकारले कोरोनाको जोखिम कम गर्न बढी भिडभाड हुने ठाँउमा मास्क अनिवार्य गरेको छ, त्यहि अनुरुप कृषि विकास बैकमा कार्यरत सुरक्षागाडले मास्क लगाउन आग्रह गर्दा कृषि विकास बैकको  सुरक्षाकर्मीमाथी कुटपिट गरेको बैंकले जनाएको छ । उनीहरुले सुरक्षाकर्मीलाई अपशव्द बोल्दै मुक्का, लात्ती र इट्टा प्रहर गरेको कर्मचारीहरुले जानकारी दिए । कुटपिट लगतै लालबहादुर थापा र धनराज पौडेल चापाकोटकै केहि ब्यक्तिले भगाउनको लागि सहयोग गरेको स्थानिएको भनाई छ । हाल सम्म लालबहादुर थापा र धनराज पौडेल फरार छन् , फरार अभियुक्तको खोजिकार्य भईरहेको प्रहरिले जनाएको छ ।

    कुटपिटबाट घाईते भएका श्रेष्ठहरु कालीगण्डकी ग्रामीण सामुदायीक अस्पताल चापाकोटमा  सामान्य उपचार पछि पोखरा पठाईएको  प्रहरीले जानकारी दिएको छ । उनीहरुको दात, टाउको र निधारमा चोट लागेको छ ।

    कुटपीट गर्ने थापा र पौडेल कांग्रेसका कार्यकर्ताहरु हुन् । थापा पटक पटक प्रहरीको नियन्त्रणमा पर्दै छुट्दै आएका ब्यक्ति हुन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस