चापाकोटमा बैंकका गार्ड कुट्ने लालबहादुर, धनराज र भगाउने बिमल कोइराला अजै फरार

मास्क लगाउन अनुरोधगर्दा कुटिए कृषि विकास बैंकमा कार्यरत २ जना सुरक्षागार्ड
प्रदिप पंगेनी
    २ भाद्र २०७७, मंगलवार २१:३५  मा प्रकाशित
2058 जनाले पढ़िसके

प्रतिक्रिया





    स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिका–९ मा रहेको कृषि विकास बैंकमा कार्यरत चापाकोट नगरपालिकाको स्थानिय दुई जना सुरक्षा गार्ड लाई बैंकमा सेवाग्रहीको रुपमा आएका आँफुहरुलाई डन बताउने अराजक सेवाग्रहीले मरासन्न हुने गरी कुटपिट गरी फरार भएका छन।

    मास्क लगाउन अनुरोध गरेकै कारण स्याङ्जाको चापाकोटमा रहेको कृषि विकास बैंकमा कार्यरत दुई जना सुरक्षा गार्ड लाई बैंकका सेवाग्रहीको रुपमा आएकाले कुटपिट गरेका हुन् । बैंकमा पैसा निकालन आएका चापाकोट नगरपालिका ४ का ३२ वर्षीय लालबहादुर थापा र धनराज पौडेल लाई मास्क लगाउन अनुरोध गर्दा आँफुहरुलाई डन बताउने उनिहरुले  कुटपिट गरेको पीडित गार्डहरुले सिधा मिडियालाई बताए ।

    लाल कन्ट्रक्सनको धनराज पौडेलको नाममा रहेको चेक साट्न जादा कृषि विकास बैकमा नेपाल सरकारले कोरोनाको जोखिम कम गर्न बढी भिडभाड हुने ठाँउमा मास्क अनिवार्य गरेको छ, त्यहि अनुरुप कृषि विकास बैकमा कार्यरत सुरक्षागार्डले मास्क लगाउन आग्रह गर्दा कृषि विकास बैकको  सुरक्षाकर्मीमाथी कुटपिट गरेको बैंकले जनाएको छ । उनीहरुले सुरक्षाकर्मीलाई अपशव्द बोल्दै मुक्का, लात्ती र इट्टा प्रहर गरेको कर्मचारीहरुले जानकारी दिए । कुटपिट लगतै लालबहादुर थापा र धनराज पौडेल चापाकोटकै केहि ब्यक्तिले भगाउनको लागि सहयोग गरेको स्थानिएको भनाई छ ।

    ३२ वर्षीय लालबहादुर थापा र धनराज पौडेलले कुटपिट गर्दा चापाकोट नगरपालिका १ का ५७ वर्षीय देवप्रसाद श्रेष्ठ र चापाकोट १० का ४८ वर्षीय डोलराज श्रेष्ठ माथि कृषि विकास बैंक चापाकोटको हाता भित्रै सक्त घाईते हुने गरी कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फरार अभियुक्तको खोजिकार्य भईरहेको प्रहरिले जनाएको छ ।

    बैंकको सुरक्षा गार्डमाथि कुटपिट गर्ने  लालबहादुर थापा र धनराज पौडेल कुटपिट गरि फरार भएको प्रहरीले जनाएको छ । उनीहरुलाई भगाउन सहयोग गर्ने चापाकोट ८ का ३२ वर्षीय बिमल कोइरालाको खोजी कार्यलाई तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

    कुटपिटबाट घाईते भएका श्रेष्ठहरु कालीगण्डकी ग्रामीण सामुदायीक अस्पताल चापाकोटमा  सामान्य उपचार पछि पोखरा पठाईएको  प्रहरीले जानकारी दिएको छ । उनीहरुको दात, टाउको र निधारमा चोट लागेको छ ।

    कुटपीट गर्ने थापा र पौडेल र भगाउन सहयोग गर्ने चापाकोट ८ का ३२ वर्षीय बिमल कोइराला कांग्रेसका कार्यकर्ताहरु हुन् । थापा पटक पटक बिभिन्न घटना घटाएर प्रहरीको नियन्त्रणमा पर्दै छुट्दै आएका ब्यक्ति हुन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस