राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ

    ३ भाद्र २०७७, बुधबार १३:३७  मा प्रकाशित
201 जनाले पढ़िसके








काठमाडौँ – युट्युबमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेसँगै उक्त कार्यमा संलग्न रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलिले झण्डा जलाउने कार्यमा संलग्न आठ जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जनाएको छ ।



गीत सार्वजनिक गरेपछि काठमाडौँको स्वयम्भूमा लुकेर बसेको अवस्थामा प्रहरीले छ जनालाई सिआइबीकाे टाेलीले पक्राउ गरेको हो ।

गीतको परिकल्पनाकार मकवानपुरको वागमती गाउँपालिका वडा नं ३ का ग्याल्जेन शेर्पासहित आठ जनालाई पक्राउ गरेको सिआइबी स्रोतले बतायो ।

पक्राउ परेका अरुको नाम र ठेगाना अझै सार्वजनिक गरिएको छैन ।

पक्राउ परेका अधिकाँश काभ्रेपलाञ्चोक जिल्लाका रहेको प्रहरी स्रोतले बतायो ।

सिआइबीले केही समयमै पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी परिसर पठाउने तयारी गरेको छ ।

सिआइबीको टोलीले गीतमा देखिएका र झण्डा जलाउने कार्यमा संलग्न छ जनालाई र दुई जना महानगरीय अपराध महाशाखाले गरी आठ जनालाई पक्राउ गरेको हो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस