चीनले उत्पादन गरेको कोरोना भ्याक्सिन डिसेम्बरबाट बजारमा - सिधा मिडिया





चीनले उत्पादन गरेको कोरोना भ्याक्सिन डिसेम्बरबाट बजारमा

    ३ भाद्र २०७७, बुधबार २०:३३  मा प्रकाशित
332 जनाले पढ़िसके








चीनले कोरोना बिरुद्ध उत्पादन गरेको भ्याक्सिन आगामी डिसेम्बरबाट बजारमा आउने भएको छ ।

ग्लोबल टाईम्सका अनुसार डिसेम्बर अन्त्य सम्ममा बजारमा आम मानिसका लागि आउने यो भ्याक्सिनको बजार मुल्य समेत तय भएको छ ।जस अनुसार करीब एक हजार चीनीया युआन तय भएको छ ।

जस अनुसार दुई डोज भ्याक्सिन नेपालीले खरीद गर्दा १७ हजार भन्दा बढी पर्ने देखिएको छ ।बजारमा आईसके पछि यसको मुल्य अझ कम हुने अनुमान गरिएको छ ।

चीनको राष्ट्रिय फर्माक्युलिष्ट ग्रुप ( सिनोफार्म) का अध्यक्ष लियु जिंग जेनले तेस्रो चरणको ट्रायल चलिरहेको र त्यस पछि भ्याक्सिनको बजारको समिक्षा हुने बताए ।

उनले शहरमा बस्ने युवा र विद्यार्थीहरुका लागि भ्याक्सिन जरुरी रहेको तर ग्रामिण क्षेत्रमा कम भ्याक्सिन आवस्यक नरहेको बताए ।

लियु स्वयंले यो भ्याक्सिनको एक डोज लिएका छन् ।चीनीया भ्याक्सिनले पेटेन्ट अधिकार प्राप्त गरिसकेको छ ।यस अघि नै रुसले उत्पादन गरेको भ्याक्सिन बजारमा उपलव्ध भईसक्ने अपेक्षा गरिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस