स्याङ्जा । स्याङ्जामा (सोमबार) बिहान चितुवाले चिथोर्दा एक जना घाइते भएका छन्।
स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दिएको जानकारीअनुसार वालिङ नगरपालिका वडा नम्बर ११, स्वरेक टापु निवासी ६७ वर्षीय खगिसरा पंगेनी ९पुरुष० लाई बिहान २ बजेतिर चितुवाले झम्टेको हो।
ब्याएको भैंसी हेरेर घरको आँगनमा बसिरहेका बेला उनलाई चितुवाले चिथोरेको गरेको हो।
डीएसपी अधिकारीका अनुसार उनको टाउको र दुवै हातमा चोट लागेको छ। स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई बिहान ६ बजे गण्डकी मेडिकल कलेज (पोखरा) लगिएको प्रहरीले जानकारी दिएको छ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस