१५ दिनको शिशुमा कोरोना संक्रमण - सिधा मिडिया





१५ दिनको शिशुमा कोरोना संक्रमण

    ५ भाद्र २०७७, शुक्रबार १९:५५  मा प्रकाशित
245 जनाले पढ़िसके








काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा १५ दिनको शिशुमा नोवल कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । ती शिशुको बिहीबार पोजेटिभ रिपोर्ट आएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक अधिकारीले जानकारी दिए ।

‘कन्ट्याक्ट ट्रेसिङ’ का क्रममा शिशुको कोरोना परीक्षण गरिएको थियो । गत सोमबार ती शिशुका ३४ वर्षीय बुबालाई सास फेर्न गाह्रो भएपछि सातदोबाटोस्थित एक निजी अस्पताल लगिएको थियो । अस्पतालले बिरामीको उपचार गर्न नमानेपछि पाटन अस्पताल पुर्‍याइयो । उनका बाबु मार्केटिङ रिप्रेजेन्टेटिभ हुन् । उनीबाट नै शिशुमा कोरोना सरेको बताइएको छ।

‘पाटन अस्पतालले उपचार त गर्‍यो तर आईसीयू नपुग्ने भनेपछि फेरि मण्डिखाटरस्थित निजी अस्पताल पुर्‍याइयो’ उनका एक आफन्तले अनलाइनखबरसँग भने, ‘परीक्षण गर्दा उहाँको रिपोर्ट पोजेटिभ आयो ।’

त्यसपछि शिशुको आमा र हजुरबुबाको समेत रिपोर्ट पोजेटिभ आएको छ । एकाघरमा बस्दै आएका शिशुका हजुरआमा र काकाको भने रिपोर्ट नेगटिभ आएको छ । नवजात शिशुबाहेक सबैको परीक्षण निजी प्रयोगशालामा गरिएको नगरपालिका स्रोतले जानकारी दिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस