काठमाडौंमा ३ सहित थप ७ संक्रमितको मृत्यु, संख्या १६४ - सिधा मिडिया





काठमाडौंमा ३ सहित थप ७ संक्रमितको मृत्यु, संख्या १६४

    ९ भाद्र २०७७, मंगलवार २०:०१  मा प्रकाशित
246 जनाले पढ़िसके








काठमाडौं । नेपालमा थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना पुष्टि भएका १ महिला र ६ जना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाका ३ जनाको मृत्यु भएको छ । उहाँका अनसार काठमाडौंकी ७१ वर्षकी महिला, ७४ र ६६ वर्षका पुरुष, सिरहाका २२, पर्साका ६८,रुपन्देहीका ५३ वर्षका र धनुषाका ७६ वर्षका पुरुष गरि ७ जनाको मृत्यु भएको हो ।

यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १६४ पुगेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस