कोरोनाकाे ‌‌‌औषधि 'रेम्डिसिभिर' ३३ हजारमा विक्री गर्ने स्वास्थ्यकर्मी पक्राउ - सिधा मिडिया





कोरोनाकाे ‌‌‌औषधि ‘रेम्डिसिभिर’ ३३ हजारमा विक्री गर्ने स्वास्थ्यकर्मी पक्राउ

    ९ भाद्र २०७७, मंगलवार २०:२०  मा प्रकाशित
938 जनाले पढ़िसके








वीरगञ्ज। कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डिसिभिर नामक औषधिको कालोबजारी गरेको आरोपमा एक स्वास्थ्यकर्मी र एक भारतीय पक्राउ परेका छन् । वीरगन्जका स्वास्थ्यकर्मी ताहिर अन्सारी र भारत रक्सौलका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

कोरोना संक्रमितकालाई रेम्डिसिभिर नामक इन्जेक्सन बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ । अन्सारीलाई शनिबार राति नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले दिएको बयानका आधारमा रक्सौलका एक पुरुषलाई वीरगन्जको इनर्वाबाट आइतबार साँझ नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ९ भाइल रेम्डिसिभिर इन्जेक्सन पनि बरामद गरिएको छ । उनीहरुले संक्रमितका परिवारलाई साढे २८ देखि ३३ हजारसम्ममा इन्जेक्सन बिक्री गर्ने गरेको सूचना प्रहरीमा आएको प्रहरीले जनाएको छ ।

वीरगञ्जहेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत एक संक्रमितका परिवारलाई औषधि बिक्री गर्दा पटक–पटक चर्काे मूल्यलिन थालेपछि उनीहरुले नै दिएको सूचनाका आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाइ छ। पक्राउ परेका भारतीयले भारतबाट ल्याउने र अन्सारीले यता सेटिङ मिलाउने गरेका थिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस