एजेन्सी : जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेको दाबी गरेका छन् । मानिसलाई हानि नपार्ने मात्राको ओजोन ग्यासबाट नै भाइरस नष्ट गर्न सकिने कुरा पत्ता लागेको वैज्ञानिकको दाबी छ ।
जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व अर्थात शुन्य दशमलब शुन्य पाँच पीपीएमको ओजोन ग्यासबाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेको दावी गरेका हुन् ।
कम घनत्व भएको ओजोन ग्यास मानिसका लागि सुरक्षित देखिएको अध्ययनमा संलग्न वैज्ञानिकहरुको भनाइ छ । यो अध्ययनल अस्पताल पनि सुरक्षित राख्न सकिने देखिएको बताइएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस