कोरोनाबाट १२ जनाको मृत्यु पुष्टि, २२ जना भेन्टिलेटरमा - सिधा मिडिया






कोरोनाबाट १२ जनाको मृत्यु पुष्टि, २२ जना भेन्टिलेटरमा

    १२ भाद्र २०७७, शुक्रबार २०:०६  मा प्रकाशित
450 जनाले पढ़िसके









काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मोरङमा २ जनाको मृत्यु भएको छ भने भक्तपर, मकवानपुर, उदयपुर, पर्सा, धनुषा, सिराहा, झापा, चितवन, जमजुङ र रुपन्देहीमा एकएक जनाको मृत्यु भएको हो ।

मृतकमध्ये ४ जना महिला छन् भने ८ जना पुरुष छन् । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  1. मोरङकी ५६ वर्षीया महिलाको मत्यु भएको छ । खोकी, ज्वरो र श्वासप्रश्वासको समस्या लिएर कोशी अस्पताल पुगेकी उनलाई कोरोना संक्रमण भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो ।
  2. बिराटनगर–१०, मोरङकी ६५ वर्षीया महिलाको कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि उनी राति १० बजे अस्पताल भर्ना भएकी थिइन् । विहान स्वास्थ्य अवस्था गम्भीर भएपछि भेल्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको छ ।
  3. भक्तपुरकी ६४ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
  4. हेटौंडा–१९, मकवापुरकी ७१ वर्षीया कोरोना संक्रमित महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । दम र निमोनियाकी विरामी उनलाई ७ भदौमा अस्पताल भर्ना गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  5. ९ भदौमा त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
  6. धोविनी–३ पर्साको ७२ वर्षीय पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको छ । भदौ ८ मा भर्ना भएका उनलाई निमोनिया समेत भएको थियो ।
  7. प्रादेशिक अस्पताल, जनकपुरधाममा बुधबार मृत्यु भएका धनुषाको मुपखयापट्टी मुसहरनिया–४ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
  8. सुखीपुर–८ सिराहाका ६५ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको छ । ज्वरो र रुघाखोकी लागेर ६ भदौमा अस्पताल पुगेका उनलाई संक्रमण भएको ८ गते पुष्टि भएको थियो ।
  9. दमक–३ झापाका ८३ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । ३ भदौमा संक्रमण पुष्टि भएपछि उनलाई बी एण्ड सी शिक्षण अस्पताल, बिर्तामोडले धरानमा रिफर गरेको थियो ।
  10. भरतपुर–२, चितवनका ५१ वर्षीय पुरुषको पुष्पाञ्जली अस्पतालमा मृत्यु भएको छ । ८ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी दमका बिरामी थिए ।
  11. मध्यनेपाल–७, लमजुङ का ५२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा लैजानै क्रमममा गेटमै ढेलका उनको केही घण्टापछि मृत्यु भएको थियो । (पोखरामा आफन्त कहाँ बसेकाले स्वास्थ्य मन्त्रालयले उनको ठेगाना कास्की भनेको छ ।)
  12. तिलोत्तमा–४, रुपन्देहीका ६० वर्षीय पुरुषको कोरोना विशेष अस्पताल, बुटवलमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ७ भदौमा अस्पताल भर्ना भएका उनको पछिल्लो समय भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

गम्भीर संक्रमित बढे

मन्त्रालयका अनुसार देशभरमा गरी हाल २२ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाग्मतीमा १७, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जना भेल्टिलेटरमा छन् ।

यसैगरी १६४ जना आईसीयूमा छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ८१ जना संक्रमित आईसीयूमा छन् । प्रदेश २ मा ४४, प्रदेश १ मा ४१, प्रदेश ५ मा १५ र गण्डकी प्रदेशमा ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस