आज चार वटा प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने

सिधा मिडिया संवाददाता
    २६ भाद्र २०७७, शुक्रबार ११:१८  मा प्रकाशित
62 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाण्डाै – आज प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले पनि देशभर बादल लागेर गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानीसमेत परिरहेको र दिउँसो पनि देशभर बादल लागेर केही ठाउँमा सामान्यदेखि आंशिक पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । अहिले न्यूनचापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ तथा पश्चिम बंगालमा न्यूनचापीय क्षेत्र रहेको छ ।

    आउँदाे तीन दिनसम्म मौसममा सुधार नहुने पनि महाशाखाले जनाएको छ । यसैबीच राति देशका केही ठाउँमा ठूलो पानी परेकाले बाढीपहिरो र डुबानको खतरा रहेको छ । राति नवलपरासी, रूपन्देहीको सूर्यपूरा, बुटवल र आसपास, कपिलवस्तु, पोखरा, बाग्लुङ, पर्वत,म्याग्दी आसपास ठूलो वर्षा भएको र पहिराेकाे सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

    तिनाउ, कञ्चनखोला, वाणगंगालगायत रुपन्देही कपिलवस्तु भएर बहने साना नदीमा आकस्मिक बहाव हुनसक्ने भएकाले चनाखो रहन शाखाको सुझाव छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस