इजरायलसँग श्रम सम्झाैता गर्ने सरकारकाे निर्णय

सिधा मिडिया संवाददाता
    ६ आश्विन २०७७, मंगलवार १४:१३  मा प्रकाशित
157 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं । सरकारले इजरायलसँग श्रम सम्झौता गर्ने निणर्य गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलसँग श्रम सम्झौता गर्ने निणर्य गरेको बैठकमा सहभागी एक मन्त्रीले  जानकारी दिए ।

    इजरायले नर्सिङ क्षेत्र (हस्पिटल, नर्सिङ होम, डे केयर सेन्टर) मा नेपाली केयरगिभर लैजाने प्रस्ताव गरेको थियो । पहिलो वर्ष नेपालबाट ५ सय जना नर्सिङ क्षेत्रका कामदार लैजाने उसको प्रस्ताव थियो।

    कामदार लैजाने प्रस्ताव गरेपछि नेपाल र इजरायलबीच सरकारी स्तरमा सम्झौता हुन लागेको बताइएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस