स्याङ्जा — स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । बिहीबार बिहान घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए ।
मृत्यु हुनेमा ७ महिनाका बालक पनि रहेको प्रहरीले बताएको छ । बच्चा कसको हो र नाम के हो भन्ने नखुलेको डीएसपी अधिकारीले बताए । डीएसपी अधिकारीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा १४ वर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदिप नेपाली, १६ वर्षीया विनिता नेपाली, २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।
पहिरोमा परी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।
यसैगरी कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस