स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पहिरोमा परी १ जनाको मृत्यु [अपडेट]

सिधा मिडिया संवाददाता
    ८ आश्विन २०७७, बिहीबार १२:२७  मा प्रकाशित
140 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जा – अविरल बर्षाको कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ गौतम टोलमा पहिरो जादा एक जनाको मृत्यु भएको छ। पहिरोमा परि गौतम टोलका बिष्णु दमैको मृत्यु भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा मगरले बताउनुभयो।अहिले पनि अविरल वर्षा भैरहेकोले आफू घट्ना स्थलमा जाँदै गरेको अध्यक्ष थापा मगरले बताउनुभयो।

    आफ्नै घरमा सुतिरहेको बेलामा राती एक बजेको समयमा घर माथीबाट पक्की पर्खाल झर्दा घर पुरिएर उनको मृत्यु भएको हो। स्थानीय बासिन्दा तथा सुरक्षाकर्मिहरुले आज बिहान मृत अवस्थामा शब निकालेका थिए । घरका अन्य परिवारका सदस्य सकुशल रहेका छन् । जगत बहादुर नेपाली (दमै )र बाबुराम नेपाली(दमै)को घरहरु पूर्णरुपमा च्यापिएको छन् ।

    घट्ना करिब १ बजे तिर घटेको र मृतक १६ वर्षीया बिष्णु दमैको शब च्यापिएको अवस्थामा निकालिएको स्थानीय यादव पाण्डे सुन्दरले बताउनु भयो। कालीगण्डकी गाउँ पालिकामा यस भन्दा अगाडि असार ३० गते पहिरोमा परि ३ जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस