डब्लुएचओले दियाे काेराेनाविरुद्धकाे खाेप नागरिकमा लैजान अनुमती

    १२ आश्विन २०७७, सोमबार १३:०९  मा प्रकाशित
631 जनाले पढ़िसके








१२ भदाै, काठमाडाैं – चिनले उत्पादन गरेकाे काेराेना (काेभिड-१९) विरुद्धकाे खाेप नागरिकमाझ लैजान विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अनुमति दिएको छ ।

डब्लूएचओले हाल चिनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोपलाई आम नागरिकमा लगाउन अनुमति दिएको हो । स्वास्थ्य अधिकारीले डब्ल्युएचओले आम मानिसमा कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको जानकारी दिएकाे चिनियाँ मिडियाले जनाएका छन् ।



याे अनुमती पाएसँगै चीन डब्ल्युएचओबाट आपतकालीन रुपमा सर्वसाधारणका लागि भ्याक्सिनको अनुमति पाउने पहिलो देश बनेको छ । चीनले तेस्रो चरणमा लगातार पाँच वटा भ्याक्सिन परीक्षण गरिरहेको जनाएको छ । सरकार सञ्चालित कम्पनी सिमोफोर्मले उक्त खोप विकास गरेको हो । जसले यसअघि पनि विभिन्न स्थानमा यसको आपतकालिन रुपमा प्रयोग गर्ने अनुमति पाइसकेको थियो ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङग्वेइले डब्ल्युएचओले कोरोनाको खोप बारे हालै जानकारी गराएको बताएका थिए । यसअघि रुसले पनि अन्तिम चरणमा पुगेको खोप डब्लूएचओमा दर्ता गरिसकेको छ । जुन पश्चिमा देशका विज्ञहरुले थुप्रै आशंका गर्नुपर्ने र विश्वास गर्न नसकिने दावी गरेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस