१३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।
यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् ।
देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन् ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस