राजु कोइरालाद्वारा सेखाममा स्थानिय युवा क्लबलाई खेलकुद सामाग्री वितरण

सिधा मिडिया संवाददाता
    २५ आश्विन २०७७, आईतवार १४:२५  मा प्रकाशित
204 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जा – चापाकोट नगरपालिका वडा नं १० मा रहेको कुवाकोट साना किसान सहकारी सँस्थाका अध्यक्ष राजु कोइरालाले युवा क्लबलाई विभिन्न खेलकुद सामाग्री र किसानहरुलाई कृषि बिउबिजन समेत प्रदान गरेका छन् ।

    स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ५, सेखाम खासामा एक कार्यक्रमको आयोजना गर्दै कुवाकोट साना किसान सहकारी संस्थाका अध्यक्ष राजु कोइरालाले सेखाम शन्देश क्लबलाई १० हजार बराबरको बल र जालि सहितको खेलकुद सामाग्री प्रदान गरेका हुन् ।

    युक्त क्लबका अध्यक्ष कमल मल्लले अध्यक्ष कोइरालाद्वारा प्रदान गरिएको खेलकुद सामाग्री ग्रहण गर्दै उक्त सामाग्री स्थानिय युवाहरुको खेलकुद क्षमताको विकासका निमित्त प्रयोग गरिने जानकारी दिदै खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस