कुवाकोट साना किसान कृषि सहकारीका अध्यक्ष राजु कोइरालाद्वारा सुत्केरी भत्ता वितरण

सिधा मिडिया संवाददाता
    २५ आश्विन २०७७, आईतवार १५:१०  मा प्रकाशित
378 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिका वडा नं १० मा रहेको कुवाकोट साना किसान कृषि सहकारी सँस्थाका अध्यक्ष राजु कोइरालाले सुत्केरी महिलाहरुलाई संस्थाको तर्फबाट सुत्केरी भत्ता वितरण गरेका हुन् । कुवाकोट साना किसान कृषि सहकारीको कुवाकोट बोटेटारमा रहेको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै संस्थामा सेयर सदस्य रहेका सुत्केरी  महिलाहरुलाई भत्ता वितरण गरेका हुन् ।

    सुत्केरी साथै कृषि कार्यक्रममा आवद्ध किसानहरुलाई समेत विविध सुविधाहरु उपलब्ध गराइएको सँस्थाका अध्यक्ष कोइरालाले बताए ।

    कुवाकोट बोटेटार कार्यालय अन्तर्गत समुहमा रहेका सुत्केरी महिला सदस्यहरुलाई प्रति व्याक्ति १ हजार ५ सय को दरले उपलब्ध गराइएको अध्यक्ष कोइरालाले जानकारी दिए । साथै संस्थाको तर्फबाट अध्यक्ष राजु कोइरालाले नवजात शिशुको नाममा बालबचत खातामा जम्मा गर्नेगरी रु ५ सयका दरले सबैलाई उपलब्ध गराएका थिए ।

    कुवाकोट बोटेटार अन्तर्गत समुहमा रहेर पशु चौपायको विमा गरेका र पशु चौपायको क्षति भएका किसानहरुलाई ४० देखि ६० प्रतिशत विमा रकम उपलब्ध गराइएको संस्थाको विमा उपसमितिका अध्यक्ष चिनुमाया श्रेष्ठले जानकारी दिइन् ।  श्रेष्ठका अनुसार सँस्थाले किसान लक्षित विमा कार्यक्रमले अहिले चापाकोटका किसानहरुमा कृषि व्यवसायको निमित्त थप आकर्षण बढाएको छ ।

    उक्त कार्यक्रमा प्रमुख अतिथि संस्था अध्यक्ष राजु कोइराला, बिमा उपसमितिका अध्यक्ष चिनु माया श्रेष्ठ, बिमा उपसमिति उपाध्यक्ष टिका राम श्रेष्ठ (मोहन), बिमा उपसमिति उपाध्यक्ष चन्द्र नारायाण श्रेष्ठ, लगाएत धेरै व्यक्तिहरुको सहभागिता थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस