स्याङ्जाको चापाकोटमा थपः १४ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा ५००५ पुग्यो

सिधा मिडिया संवाददाता
    २७ आश्विन २०७७, मंगलवार ११:३३  मा प्रकाशित
224 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जाः स्याङ्जाको चापाकोट नगरपालिकामा  थपः १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले भर्खरैको पछिलो प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान १०ः३० बजे जारी गरेको प्रेस विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका भित्रका ४० जनाको परीक्षणका लागि पठाईएकोमा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएर आएको चापाकोट अस्पताल स्रोतले “सिधा मिडिया” लाई जानकारी दिएको छ।

    परीक्षणको क्रममा चापाकोट नगरपालिकाका १० जना पुरुष र ४ जना महिला गरी १४ जनामा कोरोना सङ्क्रमित थपिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

    १० जना पुरुषको उमेर क्रमशः ४२, ४८, ४६, ६०, ६७, २९, ४०, ६१, ३४, र ५८ रहेको छ भने ४ जना महिलाको उमेर क्रमशः ५२, ३८, ३७, र २२ रहेको छ।

    सङ्क्रमित महिला, पुरुषको  अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको बताउनुभयो ।

    चापाकोट नगरपालिका भित्रका कोेरोना फेला परेका १४ जना कुन वार्डका व्याक्तिहरु हुन् खुलाईएको छैन । यो संगै चापाकोट कोरोनाको उच्च जोखिमा रहेको जानाकारहरुको भनाई छ । समुदाय स्तरमा खतराको संकेत देखापर्न लागेको र कोहि नआति सजक भई जोखिम मुक्त भई बस्न भनिएको छ ।

    यो संगै गण्डकी प्रदेशमा कोरोना देखापर्नेको संख्या ५००५ पुगेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस