चापाकोटमा थपः ९ जना र गल्याङमा १३ सहित २२ जनामा कोरोना पुष्टि

सिधा मिडिया संवाददाता
    १ कार्तिक २०७७, शनिबार १७:११  मा प्रकाशित
534 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जा। स्याङ्जाको चापाकोटमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्याङ्जाको चापाकोट नगरपालिकाको ९ जना र गल्याङ् नगरपालिकाको १३ जना गरि थपः २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिउँसो ४:१० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा स्याङ्जाका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

    परीक्षणको क्रममा चापाकोट र गल्याङ् नगरपालिकाका ३ महिला र १९ पुरुष गरी २२ जना कोरोना सङ्क्रमित थपिएको चापाकोट अस्पताल स्रोतले बताएको छ । चापाकोट अस्पताल स्रोतको अनुसार  प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिउँसो ४:१० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणमा चापाकोटमा २२ जना उल्लेख गरेकोमा उक्त अद्यावधिक विवरण गलत रहेको बताएका छन् । गल्याङका १३ जना छुट्टै हुनु पर्नेमा चापाकोटको ९ जना कोरोना संक्रमीतहरुको  विवरण संग सँगै प्रकाशन गरेर २२ जना आएको चापाकोट अस्पताल स्रोतको भनाई छ ।

    चापाकोट नगरपालिकाका पछिलो पटक ४५ जनाको परीक्षणको लागि पठाईएकोमा चापाकोटका ९ जनाको संक्रमण पुष्टि भएको हो । यस भन्दा अघि थपः१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उहाँले सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको  बताउनुभयो ।

    पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या ५६३३ पुगेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस