‘हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा ?’: काँग्रेस प्रवक्ता

    ९ कार्तिक २०७७, आईतवार १४:२६  मा प्रकाशित
204 जनाले पढ़िसके








सत्तारुढ दल नेकपाको स्थानीय दुई समुहबीच पर्सा जिल्लामा बिहीबार भएको झडपमा एक जनाको मृत्यु भएको घटनामा दोषीमाथि कारवाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौं, पर्साको घटनामा प्रधानमन्त्री एवम् नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँछौं, उहाँले भन्नुभयो ।



उहाँले घटनाको गहिरो छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन माग समेत गर्नुभएको छ ।

ने‘कपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं रु पर्साबाट घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं।’ विज्ञप्तिमा भनिएको छ ।

गत बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको थियो। एक पक्षलाई नबोलाएको भन्दै पार्टीकै कार्यकर्ताबीच झडप भएको थियो। उक्त झडपमा आठ जना घाइते थिए। त्यसमध्ये मुकेश चौरासिया गम्भीर घाइते हुनुभएको थियो। घाइते चौरासियाको शुक्रबार बिहान मृत्यु भएको हो।

घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कार्वाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व भएको बताएको छ। हत्या भएका तीन दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय भएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसले निष्पक्ष अनुसन्धान र कानूनी कार्वाहीको प्रक्रिया अविलम्ब थालनी गर्न संघीय र प्रदेश दुबै सरकारको गम्भीर ध्यानाकर्षण र माग समेत गरेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस