चर्चित गायिका तथा मोडेल एलिना चौहानका गीत युटुबको ट्रेन्डिङ्गमा

    ९ कार्तिक २०७७, आईतवार २१:१५  मा प्रकाशित
598 जनाले पढ़िसके








स्याङ्जाः पछिल्लो समयमा अत्यन्तै गित रेकर्ड गराउन सफल , चर्चित तथा समधुर गायिका तथा मोडेल एलिना चौहान र सुभाष पुरीको स्वरमा रहेको ‘कुरा काट्ने मान्छेले काटुन’ गित युट्युबमा ट्रेन्डिङ्ग नम्बर १ मा पुग्न सफल भएको छ। उत्त गीतमा शब्द र म्युजिक दिपक शर्माको रहेको छ । म्युजिक भिडियो सार्वजनिक भएको पाचौं दिन युट्युबको ट्रेन्डिङ्ग १ मा पुगेको छ ।

गीतको भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा चर्चामा रहेकी मोडेल रियासा दाहाल र सुधीर श्रेष्ठ रहेका छन् । भिडियोलाई बालकृष्ण ओलिले छायांकन गरेका छन् ।भने, एरेन्ज रिकेश गुरुङ र भिडियो मिक्स श्यामश्वत रसाइलीले गरेका छन् ।



म्युजिक भिडियो सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । भने म्युजिक भिडियोको निर्देशन सरोज ओलिले गरेका छन् । म्युजिक भिडियो गजब टिभीको युटुब च्यानलबाट रिलिज गरिएको हो। पछिल्लो समय गायिका एलिना चौहानका गितलाई श्रोता, दर्शकले अत्यधिक मन पराएका छन् । उनका अत्यधिक गित ट्रेन्डिङ्गमा पर्न सफल भएका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस