खुलामञ्चमा मजदुरलाई टीका र दक्षिणा

    १० कार्तिक २०७७, सोमबार १५:११  मा प्रकाशित
482 जनाले पढ़िसके








१० कात्तिक, काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले सोमबार दसैँको टीकाको दिन खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ ।

कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएपछि खुलामञ्चमा बाँडिने खाना नियमित खाँदै आइरहेकाहरुलाई सोमबार हाम्रो टीम नेपालले टीका लगाएर दक्षिणा दिएको छ भने मासुभात खुवाएको छ ।



खुलामञ्चमा दसैँको मुख्य दिन सोमबार पनि ३०० जना जति खाना खानेहरु थिए, उनीहरुलाई हाम्रो टीम नेपालका स्वयंसेवकहरुले टीका लगाएर खाममा दक्षिणा दिए ।

हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले ७ महिनादेखि निरन्तर खुलामञ्चमा खाना खाइरहेकाहरुसँग दसैँ मनाउँदा सन्तुष्टि मिलेको बताए । कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उनको भनाइ छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस