बलिउड अभिनेत्री मल्होत्राको ह’त्या प्रयास, पेटमा छु’रा प्र’हार - सिधा मिडिया





बलिउड अभिनेत्री मल्होत्राको ह’त्या प्रयास, पेटमा छु’रा प्र’हार

    ११ कार्तिक २०७७, मंगलवार १४:२२  मा प्रकाशित
297 जनाले पढ़िसके








बलिउड अभिनेत्री माल्वी मल्होत्राको हत्याको प्रयास भएको छ । उनलाई पेटमा छुरा प्रहार गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । चर्चित टेलिभिजन सिरियल उडानबाट परिचित अभिनेत्री माल्वीले कैयौं फिल्ममा पनि काम गरिसकेकी छिन् ।

अहिले उनलाई अस्पतालमा भर्ना गरिएको छ । माल्वीलाई पेटमा छुरा प्रहार गरिएको छ । पेटमा छुरा हानिसकेपछि ती व्यक्तिले माल्वीको अनुहारमा पनि आक्रमण गर्ने प्रयास गरेका थिए ।

माल्वीले अनुहार हातले ढाकेर बचाउने प्रयास गर्दा उनका दुवै हातमा पनि गम्भीर चोट लागेको छ । उनलाई ३ ठाउँमा गम्भीर चोट लागेको बताइउको छ । उनलाई अहिले अम्बानी अस्पतालमा भर्ना गरी उपचार भइरहेको समाचारमा जनाइएको छ ।

आक्रमणकारीको पहिचान भइसकेको छैन । आक्रमण किन गरियो भन्ने पनि अहिलेसम्म प्रस्ट हुन सकेको छैन । माल्वीले कलर्स च्यानलबाट प्रसारण हुने चर्चित शो उडानमा काम गरेकी छिन् । उनले हिन्दी फिल्म होटल मिलनसहित कैयौं दक्षिण भारतीय फिल्ममा पनि काम गरेकी छिन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस