स्याङजा – कुटपिट गरी हत्या गरेको अभियोगमा स्याङ्गजा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतली बजार नगरपालिका वडा नं -६ पुरीस्वारा बस्ने ३४ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ र ३४ वर्षीय गिर बहादुर गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार सोमबार राति पुतलीबजार नगरपालिका-६ टक्सार कोल्डाँडा पहिरोस्थित मादक पदार्थ सेवन गरी पीङ खेल्ने क्रममा विवाद भई हात हालाहाल हुँदा उनीहरुको कुटपिटबाट सोही स्थान बस्ने २९ वर्षीय सूर्य बहादुर गुरुङ गम्भीर घाइते भएकोमा घाइते गुरुङलाई तत्काल जिल्ला अस्पताल लगिएपनि अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेकोमा उपचारका क्रममा उनको मंगलबार राति मृत्यु भएको थियो ।
प्रहरीले घटनामा संग्लग्न रहेको आशंकामा थप २ जनालाई समेत नियन्त्रणमा लिएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस