चर्चित पत्रकार रबि लामिछाने र पत्नि निकीतालाई कोरोना संक्रमण - सिधा मिडिया






चर्चित पत्रकार रबि लामिछाने र पत्नि निकीतालाई कोरोना संक्रमण

    १३ कार्तिक २०७७, बिहीबार ०९:५२  मा प्रकाशित
800 जनाले पढ़िसके









स्याङ्जाः सिधा कुरा जनतासँग कार्यक्रमका चर्चित सञ्चार कर्मी तथा पत्रकार रबि लामिछानेलाई कोरोना संक्रमण भएको छ ।पत्रकार रबि लामिछाने सहित उनकी धर्म पत्नि निकीता पौडेल समेत गरी दुबैमा कोरोना पोजेटिभ देखिएको हो ।

गत मंगलबार राति बाट रबि लामिछाने र निकीतामा हल्का ज्वरो आए पछि हिजो “पिसीआर” टेष्ट गर्दा उनिहरुमा  कोरोना  फेला परेको हो । पत्रकार रबि लामिछानेका अनुसारः दुबै जनाको स्वास्थ सामान्य रहेको “सिधा मिडिया” लाई बताएका छन् ।

लामिछानेले भनेका छन् , केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले कोरोना संक्रमण भएको हुन सक्ने उनको बुझाइ छ । घरमा अहिले रबि र निकीता मात्रै छन् ।  चर्चित पत्रकार रबि लामिछानेले आफ्नो फेसबुकमा एक स्टाटस् लेख्दै अन्तिममा लेखेका छन् । हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहीँ बिल्कुल लापरबाही नगर्न भनेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस