स्याङ्जा वालिङकी ७० वर्षीय कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु - सिधा मिडिया





स्याङ्जा वालिङकी ७० वर्षीय कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु

    १४ कार्तिक २०७७, शुक्रबार १३:५७  मा प्रकाशित
421 जनाले पढ़िसके








स्याङ्गजा, चापाकोटः– पोखरामा स्याङ्गजा वालिङका एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड–१९ अस्पतालमा उपचाररत स्याङ्गजा जिल्ला वालिङ नगरपालिका वडा नं – ५ निवासी ७० वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा आज बिहान ८ :३५ बजे मृत्यु भएको हो ।

आईसीयूमा उपचाररत ती महिलाको आज बिहान ८ :३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले “सिधा मिडिया” लाई जानकारी दिए ।

उनमा यही कात्तिक ९ गते संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् । कोरोना संक्रमित भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी २२ औं व्यक्ति हुन् ।

विवरण सच्याईएको सम्बन्धमा |

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस