एकै घरबाट २९ जना जुवाडे पक्राउ - सिधा मिडिया





एकै घरबाट २९ जना जुवाडे पक्राउ

    १५ कार्तिक २०७७, शनिबार १३:१२  मा प्रकाशित
378 जनाले पढ़िसके








कैलाली । कैलालीमा प्रहरीले २९ जना जुवाडेलाई प्रकाउ गरेको छ । कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउले स्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा आज प्रहरीले उनीहरु लाई प्रकाउ गरेको हो ।

जुवातास खेलीरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले उनीहरु बाट नगद रु २,५१,४०० र ८ गड्डी ताससहित बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस