७६ बर्षपछिको दुर्लभ दृष्य, आज पूर्ण आकारको निलो चन्द्रमा उदाउँदै

सिधा मिडिया संवाददाता
    १५ कार्तिक २०७७, शनिबार १३:२३  मा प्रकाशित
128 जनाले पढ़िसके

प्रतिक्रिया





    पश्चिमी मुलुकहरुमा हेलोवीन पर्वको विशेष महत्व छ । त्यहाँ यो पर्व धुमधामकासाथ मनाइन्छ ।

    अमेरिका र युरोपेली मुलुकहरुमा ३१ अक्टोबर अर्थात आजको रात हेलोवीन भन्ने चाड मनाइन्छ । हेलोवीनको रातमा चन्द्रमालाई नयाँ स्वरुपमा देख्न पाइन्छ ।

    खासगरी आज अर्थात हेलोवीनको रातमा ७६ बर्षपछि निलो रंगको चन्द्रमा अर्थात ब्लू मून देख्न पाइनेछ ।

    विश्वभरका खगोलशास्त्रीहरु पनि यो आकाशीय घटनालाई लिएर निकै उत्साहित देखिएका छन । रातको समयमा मानिसहरु भुतघरमा भुतको पोशाकमा सजिएर घर बाहिर आगो बालेर हेलोवीन पर्व मनाउँछन ।

    यही समयलाई ब्लू मूनले थप रौनकता थप्नेछ । नासाका अनुसार अधिकांश ब्लू मूनहरु रातो र सेतो रंगका देखिन्छन । तर आज रातीको चन्द्रमा फरक स्वरुपमा देखिनेछ ।

    आज रातीको चन्द्रमा पूर्ण आकारको निलो रंगमा देखिनेछ । टेलिस्कोपको सहायताबाट हेर्दा स्पष्ट देख्न सकिने खगोलविद्हरुले बताएका छन । ब्लू मून हरेक ३ बर्षमा एक पटक देखिन्छ ।

    ब्लू मून देखिने समयलाई असमान्य घटना मानिन्छ । तर यस बर्ष देखिने निलो चन्द्रमा पुनः देख्नका लागि सन २०३९ सम्म प्रतिक्षा गर्नुपर्छ ।

    त्यसैले ब्लू मून अर्थात निलो चन्द्रमा देखिने आज रातीको क्षणलाई विशेष महत्व दिइएको हो । चन्द्रमासको अवधि २९.५३१ दिन अर्थात २९ दिन, १२ घण्टा ४४ मिनेट र ३८ सेकेण्ड हुन्छ ।

    यही कारण अक्टोबर महिनामा दुईवटा पूर्णिमा परेका छन । वैज्ञानिकहरुले आजको ब्लू मूनलाई विशेष खगोलीय घटना पनि भनिएको एनडिटिभीले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस