स्याङ्जाः कुवाकोट साना किसान सहकारी सँस्थाका अध्यक्ष राजु कोइरालाले किसानहरुलाई कृषि बिउबिजनहरु प्रदान गरेका छन् । चापाकोट वडा नं. ३, पिपलडाँडामा एक कार्यक्रमको आयोजना गर्दै सँस्थाका अध्यक्ष कोइरालाले किसानलाई आवश्यक परेका बिभिन्न खाले कृषि बिउबिजन बितरण गरेका हुन् ।
चापाकोट वडा नं. ३, मा पर्ने पिपलडाँडाका किसानहरु यस कृषि बिउबिजन पाएकोमा निकै हरशिद बनेका छन् । त्यस ठाँउका सँस्थाका किसानहरुले कुवाकोट साना किसान सहकारी सँस्थाका अध्यक्ष राजु कोइराला लाई धन्यवाद दिएका छन् । यस कार्यक्रम बाट उक्त स्थानका किसानहरु एकदमै लाभान्बित भएको समेत सँस्थाका एक किसानले “सिधा मिडिया” लाई बताएका हुन् ।
कुवाकोट साना किसान सहकारी सँस्थाको तर्फ बाट अब आउने दिनमा सँस्थाका किसानलाई सो आत्मनिर्भर गराउनको लागी र आर्थिक रुपमा सम्पन गराउने उद्धेश्यले बिभिन्न सिपमुलक तालिम जस्तैः सिलाई बुनाई तालिम , बिभिन्न कृषि बिउबिजन, त्यस्तै बिभिन्न कृषि किसानलाई आवश्यक कृषि औजार सिपमुलक तालिमहरू समेत प्रदान गरिने सँस्थाका अध्यक्ष राजु कोइरालाले जानकारी दिएका छन् ।
चापाकोट नगरपालिका वडा नं. १० बोटेटारमा कार्यालय रहेको कुवाकोट साना किसान सहकारी सँस्थाले बिभिन्न समयमा आफ्ना किसानलाई हरेक ठाँउमा गई किसानलाई मौषम अनुसार आबश्यक परेका कृषि बिउबिजन दिदै आएको र सँस्थाको हितमा काम गर्दै आएको समेत संस्थाका एक कर्मचारीले बताएका छन् ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया